सडक दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गदैँ सिन्धुलीका सरोकारवालाहरुले सवारी दुर्घटना न्यूनीकरण गर्न ऐक्यवद्धता जनाएका छन् । दुर्घटना न्यूनीकरण गर्न बुधवार जिल्ला प्रहरी कार्यालय सिन्धुली,ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा वैठक बसी विभिन्न निर्णयहरु समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्रबहादुर सिंह,जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख विष्णु बहादुर बस्नेत लगाएतको उपस्थिती बसेको बैठकले विभिन्न १० निर्णयहरु पारित गरेको हो ।
निजी नम्बर भएका सवारी साधनहरुलाई यात्रु ओसारपसार गर्न पुर्ण रुपमा रोक लगाउने,सार्वजनीक यातायातका साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,सवारी चालक अनुमती पत्र प्राप्त नभएको व्यक्तिले कुनै पनी सवारी चलाउन नपाउने,यातायात संचालन अनुमती प्राप्त नभएको सडकमा यातायात संचालन नगर्ने बैठकले निर्णय गरेको ट्राफिक प्रहरी प्रमुख विष्णु बहादुर बस्नेत जानकारी दिनुभयोे ।
उहाँका अनुसार बैठकबाट चालकको ध्यान अन्तै मोड्ने खालका सामाग्री सवारी चालक नजिक नराख्ने,सवारी साधनको आवश्यक मर्मत संम्भार र समय समयमा चेकजाँच गरेर मात्र संचालन गर्ने व्यवस्था मिलाउने,रोक लगाएका ढुवानीका सवारी साधनहरुमा यात्रीहरुलाई नचढाउने व्यवस्था कडाईका साथ लागु गर्ने,सवारी चालकले मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरे,नगरेको चेकजाँच गर्ने र सो गरेको पाईएमा कानुन बमोजिम कार्वाही गर्ने निर्णय भएको छ । सवारी चलाएको समयमा मोवाईल फोन प्रयोग गर्न निषेध गर्ने र सम्भव भए सम्म शाखा रुढमा समेत यात्रुवहाक सवारी संचालन गर्ने तर्फ आवश्यक पहल गर्ने निर्णय भएको छ ।
यसैविच प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले सवारी दुर्घटना न्युनिकरणका लागी पैदल यात्री,सवारी साधनका यात्रु र सवारी चालक सबैको भुमिका उत्तिकै हुने बताउनुभयो । उहाँले यातायात ऐनलाई कार्यान्वय गदैँ ट्राफिक नियम पालन गर्न सबैलाई आग्रह समेत गर्नुभयो । उहाँले जेष्ठ नागरिक र अपांगता भएकाहरुका लागी ऐन अनुसारको सिट व्यवस्था गर्न आग्रह गर्नुभयो ।
प्रहरी प्रमुख उपरिक्षक चक्रबहादुर सिंहले ट्राफिक नियम पालना नगर्ने सवारी साधानहरुलाई कानुनी कार्वाही गर्ने चेतावनी दिनुभयो ।