बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँघटेकोे छ । बुधबार ७२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बिहिवार ७२ हजार रुपैयाँ र प्रति दशग्रामको ६१ हजार ७ सय ३० रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय र प्रति दश ग्रामको ६१ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तेजावी सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य ८ सय ६० रुपैयाँ प्रतितोला र प्रति दश ग्रामका ७ सय३७ रुपैया ५० पैसाकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।