बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ । मंगलबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन बुधबार ७२ हजार १ सय रुपैयाँ, प्रति दशग्रामको ६१ हजार ८ सय ८५ रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय र प्रति दश ग्रामको ६१ हजार ५सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तेजावी सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य ८ सय ६५ रुपैयाँ प्रतितोला र प्रति दश ग्रामका ७ सय ४१ रुपैया ५० पैसाकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।