शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज मंगलवार सुनको भाउ बढ्यो

मंगलवार , मंसिर ३, २०७६

सुनको मूल्य सोमवार तोलामा ४ सय रुपैयाँले बढेको छ । सोमबार तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलवार तोलाको ७२ हजार र प्रति दशग्रामको ६१ हजार ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार ७ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी मंगलवार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ र प्रति दश ग्रामका ७ सय ३७ रुपैया ५० पैसामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया