सुनको मूल्य सोमवार तोलामा २ सय रुपैयाँले घटेको छ । आइतवार तोलाको ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमवार तोलाको ७१ हजार ६ सय र प्रति दशग्रामको ६१ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७१ हजार ३ सय रुपैयाँ र प्रति दश ग्रामको ६१ हजार १ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी शुक्रवार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ५० रुपैयाँ र प्रति दश ग्रामका ७ सय २९ रुपैयामा मा कारोबार भैरहेको छ ।