सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँले घटेको छ । मंगलवार तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार तोलाको ७० हजार २ सय र प्रति दशग्रामको ६० हजर १ सय ८५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ६९ हजार ९ सय रुपैयाँ र प्रति दश ग्रामको ५९ हजार ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी बुधवार तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँ र प्रति दश ग्रामका ७ सय २४ रुपैया ५० पैसामा कारोबार भैरहेको छ ।