शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चादनी युवा क्लब चुरे धनुषा र लगनखेल युवा क्लब ईमाडोल ललितपुर फाईनलमा

बिहिवार , कार्तिक ७, २०७६

सिन्धुलीको भिमानमा जारी सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा चादनी युवा क्लब चुरे धनुषा र लगनखेल युवा क्लब ईमाडोल ललितपुर बिजयी हुदै फाईनलमा प्रवेश गरेका छन् ।

बिहिवार सम्पन्न पहिलो खेलमा दुधौली एकता क्लब दुधौली सिन्धुलीलाई लाई ३–१ गोल अन्तरले पराजित गदै चादनी युवा क्लब चुरे धनुषा बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ ।

यस्तै बिहिवार सम्पन्न दोश्रो खेलमा आयोजक भिमान युवा क्लब भिमान सिन्धुलील लाई ४–० गोल अन्तरले पराजित गदै लगनखेल युवा क्लब ईमाडोल ललितपुर फाईनलमा प्रवेश गरेको आयोजक भिमान युवा क्लबका सचिब दिनेश न्यौपानेले जानकारी दिए ।

आयोजक भिमान युवा क्लबका सचिब दिनेश न्यौपानेका अनुसार बिहिवार भएको पहिलो खेलमा चादनी युवा क्लब चुरे धनुषा र दुधौली एकता क्लब दुधौली सिन्धुली बिच भएको खेलमा पहिलो हाफ सम्म १ गोल पनि गर्न नसकेको दुधौली एकता क्लबले दोश्रो हाफको सुरुमै एक गोल गरेको थियो भने त्यस पछी कुनै गोल गर्न सकेन । तर पहिलो हाफमानै १ गोल गरिसकेको चादनी युवा क्लब चुरे धनुषाले दोश्रो हाफमा लगातार २ गोल गर्दै ३–१ गोल अन्तरले जित हासिल गरेको हो । यो जित संगै चादनी युवा क्लब चुरे धनुषा फाईनलमा प्रबेश गरेको छ भने दुधौली एकता क्लब दुधौली सिन्धुलीको फाईनल खेल्ने सपना सकिएको छ ।

गत २ गते ब्रदरहुड युवा क्लब गडौली पुल्चोक सिन्धुली संग पहिलो खेल खेलेको दुधौली एकता क्लबले २–१ को गोल अन्तरले ब्रदरहुड युवा क्लब गडौली पुलचोकलाई पराजित गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने ६ गते एफ. सि. सिमरा बारा संग खेलेको खेलमा ३–२ गोल अन्तरको जित निकाल्दै सेमिफाईनलमा प्रबेश गरेको थियो ।

चादनी युवा क्लब चुरे धनुषा गत ४ गते सगरमाथा युवा क्लब धनकुटा संग खेलेको पहिलो खेलमा ३–१ गोल अन्तरले जित हासिल गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने ६ गते भएको क्वाटरफाईनलको खेलमा परिबर्तन जागरण क्लब गैरिबजार सिन्धुलीलाई २–१ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रबेश गरेको थियो । बिहिवार खेलेको सेमिफाईनलको जित संगै चादनी युवा क्लब फाईनल खेल्ने पक्का भएको छ ।

त्यस्तै बिहिवार दिउसो भएको अर्को खेलमा आयोजक भिमान युवा क्लब भिमान सिन्धुलीले एक गोल पनी गर्न सकेन भने लगनखेल युवा क्लब ईमाडोल ललितपुरले ४ गोल गर्न सफल भएको छ । पहिलो हाफमा लगनखेलले ३ गोल गरेको थियो भने दोश्रो हाफ पछि पुन एक गोल गर्न सफल भएको थियो । खेलको अन्त्य तिर भिमान युवा क्लबले पेनाल्टीबाट गोल गर्ने मौका पाएको थियो तर यो असफल भए पछी ४–० गोल अन्तरको फराकिलो हार ब्यहोर्दै फाईनल खेल्ने सपना रोक्दै खेलबाट बाहिरिएको आयोजक भिमान युवा क्लबका सचिब दिनेश न्यौपानेले जानकारी दिए ।

गत १ गते नभ प्रतिभा युवा क्लब मिलनचोक सिन्धुली संग खेलेको पहिलो खेलमा भिमान युवा क्लब २–१ गोल अन्तरको जित संगै क्वाटरफाईनलमा प्रबेश गरेको थियो भने गत ५ गते शिबशक्ति युवा क्लब डकाहा सिन्धुली संग खेलेको क्वाटरफाईनल खेलमा ४–२ गोल अन्तरको जित संगै सेमिफाईनलमा प्रबेश गरेको थियो ।

लगनखेल युवा क्लब ईमाडोल ललितपुर गत ५ गते असल सासन युवा क्लब पचरुखी सिन्धुली संग खेलेको पहिलो खेलमा ३–० गोल अन्तरको जित संगै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने ६ गते भएको क्वाटर फाईनल खेलमा ५–४ गोल अन्तरले कमलामाई युवा क्लब कर्करे सिन्धुलीलाई हराउदै सेमिफाईनलमा प्रबेश गरेको थियो ।

फाईनल खेल शनिवार बिहान ११ बजे सुरु हुने सचिब न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको प्रथम बिजेताले १ लाख ७५ हजार, शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेताले ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

राष्ट्रको लागी युवा, युवाको लागी खेलकुद भन्ने नाराका साथ संचालन भएको फुटबल प्रतियोगिताको प्रायोजन कमलामाई नगरपालिकाले गरेको जनाईएको छ ।

प्रतिक्रिया