शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सेमिफाईनका २ खेल हुने

बिहिवार , कार्तिक ७, २०७६

सिन्धुलीको भिमानमा जारी सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा आज सेमीफाईनलका  दुई खेल हुदै छ । आज बिहान हुने खेलमा भिमान युवा क्लब सिन्धुली र लगनखेल युवा क्लब ललितपुर तथा दिउस दुधौली एकता क्लब र चादनि युवा क्लब बिच प्रतिसपर्धा हुने भएको छ ।

यसअघि बुधवार क्वाटर फाईनल अन्तरगतका तिन खेल सम्पन्न भएको छ । बुधवार बिहान भएको पहिलो खेलमा दुधौली एकता क्लब दुधौली सिन्धुलीले ३ गोल गरेको छ भने एफ. सि. सिमरा बाराले २ गोल गरेको छ । पहिलो हाफ अगाबै २–२ गोल गरी सकेको दुबै टिमले हाफ पछाडी भने एफ. सि. सिमराले कुनै गोल गर्न सकेन । हाफ अगाडी २ गोल गरी सकेको दुधौली एकता क्लब दुधौली सिन्धुलीले हाफ पछी पुनः१ गोल गर्दै ३–२ गोल अन्तरको जित निकाल्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।

क्वाटर फाईनल खेल्दै गरेको दुधौली एकता क्लबले व्रदरहुड युवा क्लव गडौर्ली पुल्चोक, सिन्धुलीलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने एफ. सि. सिमरा न्यु स्टार युवा क्लब मन्थलीलाई २–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो ।

बुधवार बिहान एघार तिस बजे भएको अर्को खेलमा २–१ गोल अन्तरले जित निकाल्दै चादनी युवा क्लब चुरे धनुषा सेमिफाईनलमा प्रबेश गरेको छ । खेल भरी परिबर्तन जागरण क्लब गैरिबजार सिन्धुलीले एक गोल मात्रै गर्न सफल भयो भने चादनी युवा क्लब चुरे धनुषाले २ गोल गरेको थियो ।

परिबर्तन जागरण क्लब गैरिबजार सिन्धुलीले कमला एकता क्लब रानिबासलाई ३–० गोल अन्तरले जित हासिल गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने चादनी युवा क्लब चुरे धनुषाले सगरमाथा युवा क्लब धनकुटालाई ३–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो ।

त्यस्तै बुधवारै दिउँसो दुई तिस बजे भएको अर्को खेलमा ५–४ गोल अन्तरको जित सहित लगनखेल युवा क्लब ईमाडोल ललितपुर सेमिफाईनलमा प्रबेश गरेको छ । कमलामाई युवा क्लब कर्करे सिन्धुली र लगनखेल युवा क्लब ईमाडोल ललितपुर बिच भएको प्रतिसपर्धामा खेलको निर्धारित समय भरी दुबै टिमले १–१ गोल मात्र गरेपछी खेल पुनह समय थप गरी खेलाईने निर्णय गरीएको थियो तर दुई टिमले यो निर्णय असुईकार गरेपछी खेल ट्रईबेकर बाट खेलाईएको थियो ।

कमलामाई युवा क्लब कर्करेले बर्दिबास फुटबल समितीलाई १–० गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको हो भने लगनखेल युवा क्लब ईमाडोल ललितपुरले असल सासन युवा क्लब पचरुखी सिन्धुलीलाई ३–० गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको टिम हो ।

प्रतिक्रिया