सिन्धुलीको भिमानमा जारी सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा मंगलबार बिहान लगनखेल युवा क्लब,ईमाडोल ललितपुर र असल सासन युवा क्लब पचरुखी सिन्धुली बिच प्रतिष्प्रर्धा भएको छ । मंगलबार नै अर्को खेल दिउँसो क्वाटर फाईनल अन्तरगत भिमान युवा क्लब सिन्धुली र शिबशक्ति युवा क्लब डकाहा सिन्धुली बिच भयो ।
बिहान लगनखेल युवा क्लब ईमाडोल ललितपुर र असल सासन युवा क्लब पचरुखी सिन्धुली बिच भएको खेलमा लगनखेल युवा क्लबले असल सासन युवा क्लबलाई ३–० गोल अन्तरले हराएको छ । पहिलो हाफ अगाबै दुई गोल गरि सकेको लगनखेलले हाफ पछि पुन एक गोल गरेको थियो ।
त्यस्तै दिउँसोबाट सुरु भएको क्वाटर फाईनलका खेल अन्र्तगत भिमान युवा क्लब सिन्धुली र शिबशक्ति युवा क्लब डकाहामा भिमान युवा क्लब सिन्धुलीले ४–२ गोल अन्तरले जित हासिल गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । खेलमा शिबशक्ति युवा क्लब डकाहाले दुई गोल मात्रै गरेको थियो । आयोजक भिमान युवा क्लब सिन्धुलीले भने चार गोल सहित शिबशक्ति युवा क्लबलाई हराउदै सेमिफाईनलमा प्रबेश गरेको हो ।
बुधबार क्वाटर फाईनल अन्तरगत तिन खेल हुने भएको छ । भोली बिहान सात बजे दुधौली एकता क्लब दुधौली सिन्धुली र एफ. सि. सिमरा बारा, एघार तिस बजे परिबर्तन जागरण क्लब गैरिबजार सिन्धुली र चादनी युवा क्लब चुरे धनुषा तथा दिउँसो दुई तिस बजे कमलामाई युवा क्लब कर्करे सिन्धुली र लगनखेल युवा क्लब ईमाडोल ललितपुर बिच प्रतिसपर्धा हुने भएको छ ।
बिहान सात बजे क्वाटर फाईनल खेल्ने दुधौली एकता क्लबले व्रदरहुड युवा क्लव गडौर्ली पुल्चोक, सिन्धुलीलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने एफ. सि. सिमरा बारा न्यु स्टार युवा क्लब मन्थलीलाई २–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो । बिहान एघार तिस बजे हुने खेलमा परिबर्तन जागरण क्लब गैरिबजार सिन्धुलीले कमला एकता क्लब रानिबासलाई ३–० गोल अन्तरले जित हासिल गर्दै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने चादनी युवा क्लब चुरे धनुषाले सगरमाथा युवा क्लब धनकुटालाई ३–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो ।
त्यस्तै दिउँसो भिड्ने कमलामाई युवा क्लब कर्करेले बर्दिबास फुटबल समितीलाई १–० गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको हो भने लगनखेल युवा क्लब ईमाडोल ललितपुरले असल सासन युवा क्लब पचरुखी सिन्धुलीलाई ३–० गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको टिम हो ।
कमलामाई नगरपालिका सिन्धुलीको मुख्य प्रायोजन तथा नेपाल आईसको सह–प्रायोजनमा आयोजना गरिएको प्रतियोगिता नक आउट चरणमा खेलाईएको छ । प्रतियोगितामा सिन्धुलीका ९ टिम र अन्य सात जिल्लाका ७ टिम गरि ८ जिल्लाका १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सिन्धुली, महोत्तरी, धनुषा, रामेछाप, ललितपुर, सुनसरी, धनकुटा, बारा जिल्लाका क्लवहरुको सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख ७५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र र दोस्रो हुनेले ७५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । फुटवल प्रतियोगिता कात्तिक ९ गते समापन हुने छ ।