शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज दिउँसो देखी क्वाटर फाइनलका खेलहरु हुने

मंगलवार , कार्तिक ५, २०७६

सिन्धुलीको भिमानमा जारी सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा सोमबार दुई पनी दुई खेल भएको छ ।

बिहान कमला एकता क्लब रानिबास र परिबर्तन जागरण क्लब गैरिबजार बिच खेल भएको थियो भने दिउस दोस्रो खेल चादनी युवा क्लब चुरे धनुषा र सगरमाथा युवा क्लब धनकुटा बिच भएको थियो ।

बिहान भएको कमला एकता क्लब रानिबास र परिबर्तन जागरण क्लब गैरिबजार बिचको पहिलो खेलमा कमला एकता क्लबले एक गोल पनि गर्न सकेन भने परिबर्तन जागरण क्लब ले तिन गोल गर्दै ३–० गोल अन्तरले जित हासिल गर्न सफल भएको थियो ।

त्यस्तै सोमवारनै भएको दोस्रो खेलमा चादनि युवा क्लब चुरे धनुषाले तिन गोल ग¥यो भने सगरमाथा युवा क्लब धनकुटाले एक गोल मात्रै गरेको छ । सगरमाथा युवा क्लब धनकुटाले पहिलो हाफ अगाबै एक गोल गरेपनी हाफ पछि भने कुनै गोल गर्न सकेन । पहिलो हाफ अगाबै दुई गोल गरिसकेको चादनि युवा क्लब चुरे धनुषाले हाफ पछि पुनह एक थप्दै ३–१ गोल अन्तरले जित हासिल गरेको हो ।

सिन्धुली, रामेछाप, महोत्तरी, सुनसरी, धनुषा, बारा, ललितपुर र धनकुटा गरि ८ जिल्लाका १६ टिमको सहभागीता रहेको प्रतियोगितामा भोलि बिहान लगनखेल युवा क्लब ईमाडोल ललितपुर र असल सासन युवा क्लब पचरुखी सिन्धुली बिच प्रतिसप्रधा हुने छ । भोली दिउसबाट भने क्वाटर फाईनलका खेलहरु सुरु हुने छ ।

आज दिउस क्वाटर फाईनल अन्तरगत भिमान युवा क्लब सिन्धुली र शिबशक्ति युवा क्लब डकाहा सिन्धुली बिच प्रतिसप्रधा हुने भएको छ । भिमान युवा क्लब सिन्धुली गत एक गते भएको खेलमा नभ प्रतिभा युवा क्लब मिलन चोक सिन्धुलीलाई २–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो भने शिबशक्ति युवा क्लब डकाहा हिज तिन गते अल स्टार क्लब धरानलाई २—० गोल अन्तरले हराउदै क्वाटर फाईनलमा प्रबेश गरेको थियो ।

कात्तिक १ गते देखि सुुरु भएको खेल कात्तिक ९ गते सम्म चल्ने छ । प्रतियोगिताको प्रथम बिजेताले १ लाख ७५ हजार, शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेताले ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यसैगरी बेष्ट पेल्यर, बेष्ट किपर, हाई स्कोर ल्याउनेलाई कप र प्रमाणपत्र प्रदान गरिने र प्रत्येक खेलको म्यान अफदिम्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने क्लव सचिव न्यौपानेले बताए ।

राष्ट्रको लागी युवा, युवाको लागी खेलकुद भन्ने नाराका साथ संचालन हुने फुटबल प्रतियोगिताको मुख्य प्रायोजन कमलामाई नगरपालिका रहेको जनाईएको छ ।

प्रतिक्रिया