सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा जारी सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा आईतबार दुई खेल भएको छ ।
सिन्धुलीको शिबशक्ति युवा क्लब डकाहा र अल स्टार क्लब धरान बिच भएको पहिलो खेलमा शिबशक्ति युवा क्लब डकाहाले अल स्टार क्लब धरानलाई २ गोल हान्दै २—० गोल अन्तरले जित हासिल गरेको छ । अल स्टार क्लब धरानले भने एक गोल पनी गर्न सकेन ।
त्यस्तै आईतबार दिउँसो भएको दोस्रो खेलमा बर्दिबास फुटबल समितीले एक गोल पनी गर्न सकेन । कमलामाई युवा क्लबले एक गोल गर्दै १–० गोल अन्तरले जित हासिल गरेको छ ।
कात्तिक ९ गते सम्म चल्ने प्रतियोगितामा सोमबार पनी दुई खेल हुदै छ । बिहान ८ बजे कमला एकता क्लब रानिबास र परिबर्तन जागरण क्लब गैरिबजार बिच प्रतिसप्रर्धा हुने छ । दिउँसो २ बजे चाँदनी युवा क्लव चुरे धनुषा र सगरमाथा युवा क्लव धनकुटा बिच प्रतिस्पर्धा हुने छ ।
कमलामाई नगरपालिका सिन्धुलीको मुख्य प्रायोजन तथा नेपाल आईसको सह–प्रायोजनमा आयोजना गरिएको प्रतियोगिता नक आउट चरणमा खेलाईएको छ । प्रतियोगितामा सिन्धुलीका ९ टिम र अन्य सात जिल्लाका ७ टिम गरि ८ जिल्लाका १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सिन्धुली, महोत्तरी, धनुषा, रामेछाप, ललितपुर, सुनसरी, धनकुटा, बारा जिल्लाका क्लवहरुको सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख ७५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र र दोस्रो हुनेले ७५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।