सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा शनिवार विहान ८ बजे देखि भएको सहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति फुटवल प्रतियोगितामा दुधौली एकता क्लव विजयी भएको छ ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा दुधौली एकता क्लवले व्रदरहुड युवा क्लव गडौर्ली पुल्चोक,सिन्धुलीलाई २–१ को गोल अन्तरले पराजित गरेको भिमान युवा क्लवका सचिव दिनेश न्यौपानले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो २ बजे देखि एफसि सिमरा बारा र न्यु स्टार युवा क्लव रामेछाप बीच खेल हुने छ ।
कमलामाई नगरपालिका सिन्धुलीको मुख्य प्रायोजन तथा नेपाल आईसको सह–प्रायोजनमा आयोजना गरिएको प्रतियोगिता नक आउट चरणमा खेलाईएको छ ।
प्रतियोगितामा सिन्धुलीका ९ टिम र अन्य सात जिल्लाका ७ टिम गरि ८ जिल्लाका १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सिन्धुली, महोत्तरी, धनुषा, रामेछाप, ललितपुर, सुनसरी, धनकुटा, बारा जिल्लाका क्लवहरुको सहभागिता हुने छ ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख ७५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र र दोस्रो हुनेले ७५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता कात्र्तिक ९ गते समापन हुनेछ ।