प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सिनधुलीले यहि २६ गते सिन्धुलीमाढीमा चियापान कार्यक्रम गर्ने भएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर सिन्धुली काँग्रेसले चियापान कार्यक्रम गर्न लागेको हो ।
चियापान कार्यक्रम वीपी कोइरालाले सुरु गरेको भएकाले त्यसको निरन्तरताका लागि गर्न लागेको नेपाली काँग्रेस सिन्धुलीका अध्यक्ष उज्ज्वल बरालले जानकारी दिए । उनका अनुसार २६ गते कमलामाई नगरपालिका–६ धुराबजार स्थित कमलामाई पार्टी प्यालेसमा विहान ११ः३० बजे देखि कार्यक्रम सुरु हुने छ ।
काँग्रेसले दशैं, तिहार तथा नेपाल सम्वतको अवसरमा सद्भाव आदान प्रदानका लागि कार्यक्रम राखिएको जनाएको छ ।