बुधवार, आश्विन २१ गते २०८३

Wednesday 7th October 2026

ट्रक ओभरटेक ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किएर युवकको मृत्यु

मंगलवार , आश्विन २०, २०८३

चितवन,२० असोज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–०३ बेल्सीपुलमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–०१ निवासी करिब २० वर्षीय ओशिक अन्सारीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मंगलवार करिब १०ः३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ गुडिरहेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने प्रयास गरेको थियो । सोही क्रममा मोटरसाइकल ट्रकमा ठोक्किएपछि चालक अन्सारी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि घाइते अन्सारीलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको थियो । उपचारका क्रममा चिकित्सकले बिहान ११ः०९ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

घटनापछि प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका–०९ निवासी ३८ वर्षीय इन्द्रमान परियार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो, ओभरटेकका क्रममा दुवै सवारीसाधनको अवस्था कस्तो थियो तथा दुर्घटनाका अन्य सम्भावित कारणबारे आवश्यक विवरण संकलन भइरहेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया