मंगलवार, आश्विन २० गते २०८३

Tuesday 6th October 2026

आजको राशिफल

आज २०८३ साल असोज १९ गते सोमबार यस्तो छ तपाईको राशिफल

सोमवार , आश्विन १९, २०८३

आज बिस २०८३ असोज १९ गते सोमबार ईस २०२६ अक्टोबर ५ नेपाल सम्बत ११४६ ञलागा दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष दशमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज लेनदेनबाट फाइदा उठ्नेछ। व्यवसायमा व्यस्तता बढ्नेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। शरीर फुर्तिलो रहनेछ।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज मनमा उत्साह जाग्नेछ। घरको कुनै काम सहजै मिल्नेछ। व्यापारमा राम्रो बिक्री हुनेछ। आत्मीय व्यक्तिबाट स्नेह पाइनेछ। 

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-    आज नयाँ खबरले ध्यान तान्नेछ। बोलचालबाट फाइदा निकाल्न सकिनेछ। कारोबारमा नयाँ बाटो देखिनेछ। भावनामा स्थिरता रहनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-  आज घरमा सुखद प्रसंग बन्नेछ। पैसाको व्यवस्थापन राम्रो हुनेछ। नजिकको सम्बन्धमा भरोसा बढ्नेछ। निद्राले ऊर्जा फर्काउनेछ। 

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-    आज आफ्नो प्रभाव बढेको महसुस हुनेछ। कामको नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा पहिचान बढ्नेछ। प्रेममा रमाइलो कुराकानी हुनेछ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):-     आज पुरानो झन्झटबाट छुटकारा मिल्नेछ। व्यक्तिगत विषयमा सहजता आउनेछ। हिसाबकिताब मिलाउन अनुकूल दिन छ। खानपान सन्तुलित राख्नुहोस्।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):-  आज सम्बन्धमा विश्वासको अनुभूति हुनेछ। साझेदारीबाट राम्रो परिणाम आउनेछ। अनावश्यक खर्च रोक्न सकिनेछ। मनलाई शान्त राख्दा ऊर्जा बढ्नेछ। 

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-     आज लुकेको प्रतिभा देखाउने अवसर मिल्नेछ। आर्थिक कुरामा आफ्नो पकड बलियो हुनेछ। व्यापारिक निर्णयबाट लाभ उठ्नेछ। शरीरमा थकान भए विश्राम लिनुहोस्।

♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज टाढाको सम्पर्क फेरि सक्रिय हुनेछ। यात्राको तयारी अघि बढ्नेछ। मायाको सम्बन्धमा मिठास थपिनेछ। बाटोमा धैर्य राख्नुहोस्।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज नआफ्नो मेहनतको मूल्य बुझिनेछ। जिम्मेवारी पूरा गर्न सहज हुनेछ। बचत बढाउने अवसर भेटिनेछ। घरका सदस्यबाट हौसला पाइनेछ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आत्मविश्वासको कमीले आएको अवसर गुमाउनु पर्ला। पुरानो विषयमा अल्झिन सक्नुहुनेछ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):-  आज नजिकको व्यक्तिसँग खुसीको क्षण बित्नेछ। सेवा वा रुचिको कामबाट सन्तोष मिल्नेछ। व्यापारमा राम्रो प्रतिक्रिया आउनेछ। शान्त ठाउँमा बस्दा मन अझ हलुका हुनेछ।छ। 

🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्। “अवसर आफैं आउँदैन, सही समयमा सही कदम चाल्ने व्यक्तिले अवसर सिर्जना गर्छ।”
  शुभ दिन!

 

ps://sindhulisaugat.com/CmsAuthActivity

प्रतिक्रिया