आज बिस २०८३ असोज १७ गते शनिबार ईस २०२६ अक्टोबर ३ नेपाल सम्बत ११४६ ञलागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष सप्तमी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, वारियान योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज आर्थिक लेनदेनमा राम्रो फाइदा हुनेछ। खानपानमा अनियमितता हुँदा पेटसम्बन्धी समस्याले भने सताउन सक्छ। व्यापारमा नयाँ लगानी गर्न आजको दिन उत्तम छ।
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज बोलीको प्रभाव बढ्नेछ तर अनावश्यक तर्कवितर्कबाट बच्नुहोला। पारिवारिक जमघटमा समय बित्नेछ र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। छोटो अवधिको लगानीबाट आकस्मिक लाभ हुने योग छ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज आत्मबल र उत्साह उच्च रहनेछ। नयाँ योजना सुरु गर्नको लागि समय सकारात्मक छ। मौसम परिवर्तनको असरले रुघाखोकी लाग्न सक्ने हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज अचानक अनावश्यक खर्च बढ्नसक्छ। लामो दूरीको यात्रा वा वैदेशिक कामकाजको सिलसिलामा भने सफलता मिल्नेछ। आफन्तसँगको विवादबाट टाढै रहनु बेस हुनेछ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आज आम्दानीका नयाँ र दिगो स्रोतहरू फेला पर्नेछन्। साथीभाइ र इष्टमित्रको सहयोगले आँटेका काम सजिलै पूरा हुनेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नुका साथै सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):- आज कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र प्रभाव दुवै थपिनेछ। हाकिम वा उच्च पदका व्यक्तिबाट राम्रो सहयोग र प्रशंसा मिल्नेछ। कामको व्यस्तताले गर्दा परिवारलाई पर्याप्त समय दिन भने गाह्रो पर्न सक्छ।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज भाग्यको पूर्ण साथ मिल्ने दिन हो। धार्मिक आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ। लामो समयदेखि अल्झिएका सरकारी वा कानुनी कामहरू आज सजिलै समाप्त हुनेछन्।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज आजको दिन भावनात्मक सम्बन्धमा अलि सतर्कता अपनाउनुपर्नेछ। स्वास्थ्यमा अचानक समस्या आउन सक्छ सचेत रहनुहोस्। सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष ध्यान दिनुहोला।
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कामले राम्रो प्रतिफल दिनेछ। व्यापारिक साझेदारीबाट आर्थिक लाभ लिन सकिनेछ। कार्य सम्झौतामा नयाँ प्रस्ताव आउन सक्छ।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज प्रतिस्पर्धी र विरोधीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुराना रोग वा स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ। मामा वा मावली पक्षबाट आर्थिक सहयोग तथा राम्रो सल्लाह प्राप्त हुने योग छ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज विद्यार्थीहरूका लागि आजको दिन निकै उत्कृष्ट रहनेछ। बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ। खेलकुद वा मनोरञ्जनका क्षेत्रमा समय बित्नेछ। निर्णय लिँदा हतार नगर्नुहोला।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज घरायसी कामले तपाईलाई अल्झाउनेछ। बाहिरका महत्त्वपूर्ण काममा विषेश ध्यान दिनुहोला। आमाको स्वास्थ्यमा केही समस्या देखिन सक्छ। आज जग्गाजमिन वा सवारी साधनको खरिदबिक्री नगर्नु नै उचित होला।
🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्। “अवसर आफैं आउँदैन, सही समयमा सही कदम चाल्ने व्यक्तिले अवसर सिर्जना गर्छ।”
शुभ दिन!