शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आइतवार , श्रावण ११, २०८२

काठमाडौँ,११ साउन – नेपाली बजारमा आज आइतवार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर २२९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३४० मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया