शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो,चाँदी बढ्यो

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं,९ साउन – सुनको मूल्य आज शुक्रवार पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार २४ सयले घटेको सुन आज शुक्रवार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया