शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ साउन ०१ गते बिहिबारको राशिफल

बिहिवार , श्रावण १, २०८२

आज बि.सं. २०८२ साउन ०१ गते बिहिबार ई.सं. २०२५ जुलार्इ १७ नेपाल सम्बत ११४५ दिल्लागा सप्‍तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण सप्‍तमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगंड योग, विष्‍टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १९ मिनेट देखि ०७ बजेर ०१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन पनि रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्, नत्र रमाइलो र आनन्दको वातावरणमा अचानक निराश हुनुपर्ने परिस्थिति आउन सक्छ । स्वनिर्णयमा गरिएको काममा सफलता मिल्नेछ, तर महत्वाकांक्षी काममा जानकारको सुझाव लिनु उत्तम हुनेछ । आम्दानीमा उतारचढाव देखिन सक्छ, सानो लापरवाहीले पनि जरिवाना वा दण्डको जोखिम रहन्छ । सकेसम्म आफ्नै काममा ध्यान केन्द्रित गर्नुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- सजावट तथा भाँडाकुडा खरिद गर्न अनुकूल समय हो । घर व्यवहार र दैनिक काममा व्यस्त रहनुपर्ला । आफुभन्दा साना वा कमजोर भाइबहिनीलाई सल्लाह दिने समय हो । संस्कार र संस्कृतिको शिक्षामा रुचि बढ्नेछ । अदालत वा अड्किएको काम सम्पादन गर्न प्रयास गर्नु फलदायी हुनेछ । बाँकी बक्यौता रकमसमेत मिल्न सक्ने सम्भावना छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-  महत्त्वाकांक्षी योजनाहरू पूरा हुने दिन हो । सकारात्मक सोचले विवाद तथा समस्याको समाधान गर्न सकिनेछ । व्यक्तित्व विकासका लागि उचित समय छ । पार्टनरबाट खुसीको खबर सुन्न पाइनेछ । दाजुभाइ वा मिल्ने साथीबाट पनि शुभ समाचार प्राप्त हुनेछ । आजको दिन समग्रमा खुसियालीको रहने सम्भावना छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- इज्जत र प्रतिष्ठा गुम्ने खालको काम नगर्नुहोस् । पैसा मात्रै जीवनको सबैथोक होइन, कर्तव्य र स्वास्थ्यतर्फ पनि ध्यान दिनुहोस् । घर परिवार र छरछिमेकका काममा खट्नुपर्ने दिन हो । बहुप्रतीक्षित इच्छा पूर्ति हुने संकेत छ । पढाइमा साथी वा शिक्षकबाट सहयोग पाइने समय हो । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- चिढचिढोपन र थकान बढ्न सक्छ, तर कामबाट छुट्टी पाउन गाह्रो हुनेछ । मनले नचाहेको कामबाट टाढा रहनु नै राम्रो । यन्त्र वा उपकरण प्रयोगमा सावधानी अपनाउनुहोस् । विवादमा नपर्नु राम्रो हुन्छ । पार्टनरको चिन्तामा मात्र केन्द्रित नहुने, आफ्नो मन र स्वास्थ्यतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- अप्ठ्यारा परिस्थिति पनि सहज बनाउन सकिने दिन हो । कार्य क्षेत्रबाट फुर्सद निकालेर आनन्दमा रमाउने समय हो । प्रेमभाव प्रकट गर्न उपयुक्त दिन हो । पार्टनरको इच्छा अनुसार चल्दा काममा असर पर्न सक्छ, त्यसैले महत्त्वपूर्ण काम पहिल्यै सक्नु राम्रो । ससाना कुरामा विवाद नहोस् भनेर अनावश्यक काममा समय नखर्चिनुहोस् । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- स्वास्थ्यमा केही कमजोरी देखिए पनि मनमा आनन्द र तिर्सना बढ्नेछ । स्वभावमा असामान्यता देखिन सक्छ । घमण्ड र अहंकारले क्षति पुर्‍याउन सक्छ, त्यसैले आत्मसंयम र गम्भीरता आवश्यक छ । पठन पाठनमा जुट्दा सफलता मिल्नेछ । बहस र तर्कमा विजय पाउन सकिने समय हो । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- मनका भावना साथीले बुझिदिंदा सम्बन्धमा विश्वास बढ्नेछ । भावना साटासाट हुने समय हो । अनावश्यक खर्च र व्यर्थको व्यस्तता हुन सक्छ । वाणीमा नियन्त्रण राख्नुहोस्, झगडाको योग पनि देखिन्छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्नुहोस्, कर्ममा समर्पित रहनुहोस् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- मन प्रेमिल बन्ने समय हो । नयाँ काम र विषयप्रति जागरूकता बढ्नेछ । स्थायी सम्पत्ति र सवारीसाधनको व्यवस्थापनतर्फ आकर्षण बढ्नेछ । भ्रमण वा दौडधूपको कामले आर्थिक सन्तुलन कायम राख्नेछ । कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ, तर हिसाब किताबमा स्पष्ट हुनु राम्रो हुन्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- अरुको समस्यामा सक्रियतापूर्वक जुट्नुपर्ने दिन हो । यसबाट पढाइमा असर पर्न सक्छ, तर आत्मसन्तुष्टि प्राप्त हुनेछ । धन र प्रतिष्ठाको दृष्टिले लाभदायक समय हो । साझेदारीमा व्यवसाय गर्नु भएको छ भने स्पष्ट संवाद आवश्यक छ । कडा परिश्रमको राम्रो नतिजा प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- बोलीको प्रभाव बढ्नेछ, कलात्मक अभिव्यक्तिमा सफलता मिल्नेछ । सानो प्रयासले भाग्य बलियो बन्नेछ । सञ्चार वा नेटवर्किङले अलमल्याउन सक्छ, शब्द चयनमा सावधानी अपनाउनुहोस् । धन प्राप्ति सहज भएपनि खर्च नियन्त्रण गर्नुपर्छ । खरो बोलीले सेवाग्राही असन्तुष्ट हुन सक्छन्, तर सहकर्मीको सहयोग प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आन्तरिक प्रतिभा र कलात्मकता झल्किने दिन हो । बौद्धिक तथा प्रकाशनसँग सम्बन्धित क्षेत्रमा सफलता मिल्नेछ । परिवारमा सुख सुविधाको वृद्धि हुनेछ । फुटकर सामग्री तथा खाद्य कारोबारमा लाभ मिल्नेछ । अहंकार वा एटिच्युडको प्रभावले सम्बन्धमा असर पर्न सक्छ, जीवनसाथीसँग कुनै कुरा नलुकाउनु नै राम्रो हुन्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया