शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ असार १७ गते मंगलबारको राशिफल

मंगलवार , आषाढ १७, २०८२

  आजबि.सं. २०८२ असार १७ गते मंगलबार ई.सं. २०२५ जुलाई ०१ नेपाल सम्बत ११४५ दिल्लाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी, चन्द्रमा सिंह राशिमा, पुर्वफल्गुनी नक्षत्र, व्यतिपात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २३ मिनेट देखि १२ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । जागिरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :-  व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस पुर्याउनु होला । बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :-  परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :-  आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विवाद पनि बढ्नेछ, घरायसी समस्या पनि आउला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्ने छन्, सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसा लेनदेनको काम पनि होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :-  आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछन् । धनपनि मनग्य कमाउनु होला । साथै भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया