शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

  आज २०८२ असार ०८ गते आइतबारको राशिफल

आइतवार , आषाढ ८, २०८२

आज बि.सं. २०८२ असार ०८ गते आइतबार ई.सं. २०२५ जुन २२ नेपाल सम्बत ११४५ बछलागा द्रदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण द्रदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सुकर्मा योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३७ मिनेट देखि १० बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा योगिनी एकादशी व्रत पनि रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  :- खर्च लागेपनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :-  समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्क शक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेश यात्राको सम्भावना छ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाज सेवा र परोपकारका कार्य गरिनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :- परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आएपनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ ।नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया