शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज तोलामा ९ सयले बढ्यो सुनको मूल्य

बुधवार , आषाढ ४, २०८२

काठमाडौँ,०४ असार – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६७ हजार ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया