आज बि.सं. २०८२ असार ०३ गते मंगलबार ई.सं. २०२५ जुन १७ नेपाल सम्बत ११४५ बछलागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २० मिनेट देखि १२ बजेर ०४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यापारमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- स्वास्थ्यमा अचानक गडबडी हुनेछ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्ने छन्, सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज तपाइको खर्चभन्दा कमाइ नै बढी हुने योग छ, छर छिमेकबाट सर सहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछन् । धन पनि मनग्य कमाउनु होला । साथै भाग्य पनि बलियो छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अधुरा काम बन्ने तथा नँया काम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक काम काजमा फाइदा होला । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस पुर्याउनु होला । बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :- आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्