काठमाडौँ,०२ असार – आज सोमबार नेपाली नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर छ ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६९ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।