आज बिसं २०८२ जेठ २८ गते बुधवार ईसं २०२५ जुन ११ नेपाल सम्बत ११४५ तछलाथ्व पुन्हि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्दशी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान 05 बजेर 07 मिनेट देखि 06 बजेर 51 मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नँया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतार चढाव आउला । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नी बीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नँया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :- खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्