शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य

बिहिवार , जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रतिक्रिया