शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यमा निरन्तर वृद्धि,आज पनि बढ्यो

बुधवार , जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ – पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि भएको छ । एक सातामै सुन तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।

जेठ १५ गते सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो । यो मूल्य आज १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ थियो ।

चाँदी प्रतितोला ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाा रहेको चाँदी आज २ हजार ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया