आजको राशिफल बिसं २०८२ जेठ २० गते मंगलबार ईसं २०२५ जुन ०३ नेपाल सम्बत ११४५ तछलाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी , चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १२ बजेर ०२मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा भौमाष्टमी व्रत र गोरखकाली पूजा रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– व्यवसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नु अघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिएपनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यवसायमा फाइदा नै होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– व्यापार ब्यवसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यवसायिक काममा पनि समस्या आउन सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्