शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ जेठ १८ गते आईतबारको राशिफल

आइतवार , जेठ १९, २०८२

आजको राशिफल बिसं २०८२ जेठ १८ गते आईतबार ईसं २०२५ मे जुन नेपाल सम्बत ११४५ तछलाथ्व षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल षष्ठी , चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३५ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा सिथि नख चाड रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– धोका दिने प्रवृत्तिका व्यक्तिमा विश्वास गर्दा काममा अप्ठ्यारो पर्न सक्छ । आफ्नै कमजोरीले परिवारमा असन्तुष्टि बढ्न सक्छ । यद्यपि स्वास्थ्य बलियो रहनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला र विभिन्न झमेलाबाट मुक्ति मिल्ने सम्भावना छ । प्रयत्न गरेमा कठिन कार्य पनि सहजै सफल हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– निर्णय लिन ढिलाइ गर्दा हात परेको अवसर गुम्न सक्छ । मान सम्मानमा हानि हुन सक्छ, सतर्क रहनुहोस । रोकिएका काम बन्नेछन् र नयाँ कार्यको थालनी हुनेछ । व्यापारमा फाइदा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ, शत्रुहरू परास्त हुनेछन् । बहुमूल्य वस्तुको संग्रह हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– अन्धविश्वासमा भरोसा गर्दा हानि हुन सक्छ । धार्मिक कार्यमा बाधा आउन सक्छ, सावधान रहनुहोस् । कडा परिश्रमले जीवनशैलीमा सुधार ल्याउनेछ । यद्यपि पारिवारिक असमझदारीले मन खिन्न हुन सक्छ । राजनीतिक पहुँच बढ्नेछ तर भूमि सम्बन्धी विषयमा विवाद उत्पन्न हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– राष्ट्रियस्तरको सम्मान प्राप्त हुने सम्भावना छ । प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभ कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको सहयोगले काममा सहजता आउनेछ । ढाड वा जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । आम्दानी बढ्नेछ तर आत्मविश्वासको कमीले केही अवसर छुट्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– परिवारको सहयोगले उत्साह बढ्नेछ । खानपानमा सजगता आवश्यक छ । सुखद समाचारले प्रेरणा दिनेछ । प्रतिस्पर्धामा अग्रता लिने अवसर मिल्नेछ । व्यवसायमा लाभ हुने सम्भावना छ । शिक्षा, संगीत, लेखन, र कला क्षेत्रमा रुचि र कदर बढ्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– अनुसन्धान, लेखन वा अध्ययन गर्नेहरूका लागि लाभदायक दिन हुनेछ । टाढाको यात्राबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ । व्यवसायमा फाइदा हुनेछ । साथीभाइको साथले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । भूमि सम्बन्धी कामबाट पनि फाइदा हुन सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सरकारी छानबिन वा कारबाहीको सम्भावना छ, सतर्क रहनुहोस् । वैवाहिक जीवनमा असमझदारी बढ्न सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता, विशेष गरी टाउको र पेटको समस्या देखिन सक्छ । कार्यहरूमा ढिलाइ हुने सम्भावना छ । आमाको स्वास्थ्य प्रति विशेष ध्यान पुर्याउनुहोला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– व्यवसायमा लगानी गर्न उपयुक्त समय हो । परिवारमा आत्मीयता बढ्नेछ । जीवन साथीको स्वास्थ्यमा केही समस्या देखिन सक्छ । रोग पहिचानमा कठिनाई हुन सक्छ । दाजुभाइ वा दिदिबहिनी बीच असमझदारी बढ्न सक्छ । गलत संगतबाट टाढा रहनुहोला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आज व्यापारिक लाभको दिन हुनेछ । भौतिक सुविधाहरू जुट्नेछन् । कृषिबाली र पशुपालनबाट फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएका कार्यहरू सम्पन्न हुनेछन् । नयाँ उद्योग वा योजना सुरु गर्न सकिनेछ । राजनीतिक सम्बन्ध बलियो बन्नेछ । आर्थिक समस्या समाधान हुने समय हो । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–मनोरम भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । तर घर जग्गा सम्बन्धी वा आफन्तसँग असमझदारी बढ्न सक्छ । अध्ययनमा प्रगति हुनेछ । सन्तान वा अनुयायीबाट सन्तोष मिल्नेछ । टाढाको यात्राको अवसर आउन सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– महत्वपूर्ण काममा बाधा आउन सक्छ । प्रतिस्पर्धीहरू हावी हुने सम्भावना छ । पुराना रोगहरूले पुन: सताउन सक्छ । खर्च बढ्नेछ र व्यापारमा सामान्य मन्दीको सम्भावना छ । पारिवारिक समस्या महत्वपूर्ण कार्यमा अवरोध बन्न सक्छ । घर जग्गामा विवाद उत्पन्न हुन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :–चोट पटक वा जोर्नी सम्बन्धी समस्या देखिन सक्छ । सवारी वा धारिलो वस्तुको प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुहोस् । आर्थिक पक्षमा सुधार आउनेछ । पारिवारिक सम्बन्ध केही कमजोर बन्न सक्छ, सम्वादमा ध्यान दिनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया