शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ जेठ १५ गते बिहीबारको राशिफल

बिहिवार , जेठ १६, २०८२

आजको राशिफल बि.सं. २०८२ जेठ १५ गते बिहीबार ई.सं. २०२५ मे २९ नेपाल सम्बत ११४५ तछलाथ्व तृतिया नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल तृतिया , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा गणतन्त्र दिवस रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिने सम्भावना छ । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यवसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आज कुनै अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्यवसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया