शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज प्रतितोला १६ सय घट्यो सुनको मुल्य

बुधवार , जेठ १५, २०८२

काठमाडौं, १४ जेठ – बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ ।

सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।

 

 

प्रतिक्रिया