शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ जेठ १२ गते सोमवारको राशिफल

सोमवार , जेठ १३, २०८२

आज बि.सं २०८२ जेठ १२ गते सोमवार ई.सं २०२५ मे २६ नेपाल सम्बत ११४५ बछलागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्दशी , चन्द्रमा मेष राशिमा, भरणि नक्षत्र, सौभाग्य योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०९ मिनेट देखि ०६ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा बटसावित्री व्रत रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– विलासितामा खर्च बढ्न सक्छ । उच्च महत्वाकांक्षाले केही हानि पनि पुर्‍याउन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी शिर तथा पेटको पीडाले सताउन सक्छ । सरकारी निकायबाट कडाइको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । दण्ड जरिवानाको सम्भावना छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ । धन लाभको सम्भावना छ । व्यापार व्यवसायमा लगानी बढाउने अनुकूल समय हो । आफन्तहरूसँग आत्मीयता बढ्नेछ । यद्यपि जीवनसाथीलाई केही पीडा हुने सम्भावना देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– नसोचेको स्थानबाट धन प्राप्त हुनेछ, जसले मन प्रसन्न बनाउनेछ । अध्ययनमा पनि प्रगति हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिजन्य काम वा पशुपालनबाट फाइदा हुनेछ । रोकिएका कामहरू सम्पन्न गर्न सकिनेछ । नयाँ उद्योग वा विशेष कार्य सुरु गर्ने राम्रो अवसर छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– गरेका कामको प्रशंसा हुनेछ । जागिरमा पदोन्नति र पढाइमा प्रगति हुने समय छ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । यद्यपि घर जग्गा र बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ । सन्तान वा अनुयायीबाट प्रसन्नता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नेछ र प्रेम सम्बन्ध बलियो बन्नेछ । तर, धनको अप्रत्याशित हानीको सम्भावना छ । काममा बाधा आउन सक्छ, प्रतिस्पर्धीहरूले स्थान ओगट्न सक्छन् । पुराना रोगहरू पुन: सक्रिय हुन सक्छन् । घरेलु समस्याका कारण महत्वपूर्ण काम प्रभावित हुन सक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– स्वास्थ्य केही कमजोर देखिए पनि कामको जिम्मेवारी बढ्नेछ । केही अवसर हातबाट फुत्कन सक्छन्, सतर्क रहनुहोस् । चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्याको सम्भावना भएकाले सवारी वा हतियार प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् । आर्थिक समस्या समाधान हुने संकेत छ । पारिवारिक सम्बन्धमा अलिकति चिसोपन देखिन सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– रोकिएका कामहरू बन्नेछन्, साथै आय आर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । कृषि वा पशुपालनबाट लाभ हुनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिएमा धोका हुन सक्छ । आफ्नै कमजोरीका कारण परिवारमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । जागिरमा पदोन्नति तथा राजनीतिमा लाग्नेहरूलाई फाइदाको समय छ । तर, निर्णय गर्न ढिलो गर्दा अवसर गुम्न सक्छ । मान–सम्मानमा असर पर्न सक्ने सम्भावना छ, सतर्क रहनुहोस् । रोकिएका कामहरू पूरा हुनेछन्, नयाँ काम सुरु गर्न सकिनेछ । व्यापारमा लाभ हुने समय छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिसम्बन्धी विवादको सम्भावना छ । अन्धविश्वासमा भर परेर गरिएका काममा हानि हुन सक्छ । धार्मिक कार्यमा बाधा आउने देखिन्छ । यद्यपि, मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । परिवारमा केही असमझदारी देखिन सक्छ, सावधान रहनुहोस् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मान–सम्मानसहित आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले लाभ र आनन्द प्राप्त हुनेछ । राष्ट्रियस्तरको सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभकार्य सम्पन्न हुने सम्भावना छ । काममा आफन्तको सहयोग प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– उत्साहजनक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारको सहयोगले आत्मबल बढ्नेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोस् । सुखद समाचारले काममा उत्साह थप्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारको सहयोगले विशेष कामहरू सफल हुनेछन् । दाम्पत्य सम्बन्ध मधुर बन्नेछ । अनुसन्धान वा अध्ययनमा संलग्नहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा लाभदायक हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । साथीभाइ तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया