काठमाडौं,१८ वैशाख – बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ आज दिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो ।