शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मुल्य घट्यो , प्रति तोला कति ?

बुधवार , बैशाख १७, २०८२

काठमाडौँ, १७ वैशाख – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मंगलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया