शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट

शनिवार , बैशाख १३, २०८२

काठमाडौँ– काठमाडौँमा आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् । शनिबार दिउँसो १ बजेतिर कैलालीको धनगढी उपमहागरपालिका १ घर भएका ५४ वर्षीय शिक्षक केशवराज जोशीमाथि कुटपिट भएको हो ।

शिक्षकहरूले आन्दोलन गर्दै आइरहेको बिजुली बजार पुल क्षेत्रमा केही शिक्षकले उहाँीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट जोशीलाई सामान्य चोट लागेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार शिक्षकहरूबीच आपसी विवाद हुँदा जोशीमाथि कुटपिट भएको हो । कुटपिटबाट उहाँको टाउको टुटुलका उठेको र शरीरमा समान्य चोट देखिएको छ ।

उहाँलाई उचारका लागि सिभिल अस्पताल लगिएको थियो । उपचारपछि अहिले भने उहाँ आलोकनगरमा आराम गरिरहेको उहाँका भजित पदमराज उपाध्यायले जानकारी दिनुभयो ।

“शिक्षक होस् कि अभिभावक होस् भन्दै आइडी कार्ड माग्ने, सामान्य कुटपिट गर्ने काम भएको रहेछ । त्यस्तो खास केही भएको होइन । अहिले यहीँ (आलोकनगर) आराम गरिरहनु भएको छ”, उपाध्यायले भन्नुभयो ।

दुई–तीन जनाले आफूमाथि हातपात गरेको भतिजसँग शिक्षक जोशीले बताउनुभएको छ । हातपात गर्ने शिक्षकहरू को हुन् भन्ने खुलेको छैन ।

 

प्रतिक्रिया