शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ वैशाख १० गते बुधबारको राशिफल

बुधवार , बैशाख १०, २०८२

आजको राशिफल बि.सं २०८२ वैशाख १० गते बुधबार ई.सं २०२५ अप्रिल २३ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३१ मिनेट देखि ७ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– स्वास्थ्य सुदृढ रहनेछ र काममा लाभको सम्भावना देखिन्छ । व्यापारमा थोरै मात्र लाभ हुनेछ, तर भविष्यका लागि महत्वपूर्ण कामको जग बसाउने मौका प्राप्त हुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन् । भौतिक साधन जुट्नेछन् र आयआर्जनमा पनि प्रगति हुनेछ । अतिथिका रूपमा सम्मान पाउने सम्भावना छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पशुपालन तथा कृषि क्षेत्रबाट लाभ हुने संकेत छ, तर अकस्मात् स्वास्थ्य समस्या देखा पर्न सक्छ । अरूका काममा समय बित्न सक्छ, जसले गर्दा आफ्नै काममा प्रभाव पर्न सक्छ । काम पूरा नहुँदा मन खिन्न हुने सम्भावना छ । अनावश्यक यात्रा र खर्चमा समय बित्न सक्छ, साथै उपचारमा समेत खर्च हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– प्रयत्न गरेमा महत्वपूर्ण वस्तु वा उपलब्धि प्राप्त गर्न सकिनेछ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । लामो समयदेखि अड्किएको काम बन्ने सम्भावना छ । तर, समयमै सजग नहुनाले काम बिग्रन सक्छ र खर्च बढ्न सक्छ । पढाइमा कमजोरी देखिन सक्छ र लेनदेनमा विवादको सम्भावना छ । सानातिना घरेलु समस्याले मन अल्झन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– चोरी वा ठगीको जोखिम देखिएकाले आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । अनावश्यक दौडधूपमा समय खर्चिन सक्छ । धेरै प्रयास गर्दा पनि अपेक्षित उपलब्धि पाउन कठिन हुनेछ । शुभचिन्तकको सल्लाह बेवास्ता गर्दा हानि हुन सक्छ। अरूले फसाउने सम्भावना छ । आफूलाई कमजोर अनुभव हुने समय हो । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– रमाइलो यात्राको सम्भावना छ । परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । आम्दानीमा वृद्धि हुनेछ र परिवारजनका आवश्यकताहरू पूरा गर्न सकिनेछ । दीर्घकालीन फाइदाका लागि लगानी गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिने समय हो । दाम, इनाम र प्रतिष्ठा प्राप्त गर्ने सम्भावना छ । सामाजिक जिम्मेवारी बढ्न सक्छ । कामको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । रोकिएका कामहरू सम्पन्न हुँदा आत्मबल बढ्नेछ । संघर्षपछि अधिकार स्थापित गर्न सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने संकेत छ । कीर्तिमानी कार्य गर्ने अवसर मिल्नेछ । आफ्नै कमजोरीका कारण विवादमा फसिने सम्भावना छ, तर सकारात्मक सोच राख्नेहरूलाई फाइदा हुनेछ । प्रयत्न गरेमा व्यावसायिक कार्यहरू सम्पन्न हुनेछन् । सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– श्रमको उचित मूल्यांकन हुनेछ । अध्ययनमा प्रगति देखिनेछ । समय उत्साहवर्धक रहनेछ । नयाँ ज्ञान प्राप्त हुने संकेत छ । लाभदायी काम सुरु गर्न अनुकूल समय हो । गरिएको कामको राम्रो मूल्यांकन हुनेछ । भौतिक साधन जुट्नेछ र रमाइलो यात्राको अवसर पनि प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मेहनतले आम्दानीमा वृद्धि हुनेछ । रोकिएको रकम हात लाग्ने सम्भावना छ । साझेदारीबाट राम्रो लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यापारमा विशेष लाभ हुने समय हो । परिवारको साथ र समर्थनले नयाँ आशा पलाउनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कामको सिलसिलामा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा बढी चासो राख्दा समस्यामा पर्न सकिनेछ । शरीर अस्वस्थ भएपनि जिम्मेवारी बढ्नेछ । सानातिना काममा समय खर्चिन सक्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सतर्क रहनुहोला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– ठूलो प्रयास गरेपनि उपलब्धि हात पार्न कठिन हुनेछ । पारिवारिक टाढापन महसुस हुन सक्छ । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा हानि हुने सम्भावना छ । विश्वास गरिएका व्यक्तिबाट धोका पाइने खतरा छ, सतर्क रहनुहोस् । व्यावसायिक क्षेत्रमा खर्च बढ्नेछ र स्वास्थ्य समस्याले काममा ढिलाइ हुन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– सन्तान, अनुयायी वा मातृशक्तिको सल्लाह र सहयोगले लाभ हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै सफल हुनेछन् । व्यवसायमा संलग्न व्यक्तिहरूले विशेष फाइदा पाउनेछन् । रुचिका क्षेत्रमा लगानी गर्ने समय हो । नयाँ अवसरहरू प्राप्त हुनेछन् । यद्यपि व्यापारमा अपेक्षित लाभ नहुन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

 

प्रतिक्रिया