शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८२ वैशाख ५ गते शुक्रबारको राशिफल

शुक्रवार , बैशाख ५, २०८२

आज बि.सं २०८२ वैशाख ५ गते शुक्रबार ई.सं २०२५ अप्रिल १८ नेपाल सम्बत ११४५ चिल्लागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३८ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३६ मिनेट देखि ७ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व सम्पदा दिवस रहेको छ । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– आर्थिक क्रियाकलापबाट फाइदा हुने संकेत छ । बौद्धिक क्षेत्रमा उपलब्धि मिल्नेछ भने बोलीको प्रभावले काम सम्पादन सहज हुनेछ । रोजगारीमा राम्रो आम्दानीको सम्भावना छ । तर, बेसुरमा दिइएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइमा खास प्रगति नहुन सक्छ र व्यापारमा पनि सोचेजस्तो फाइदा नउठ्ने देखिन्छ । नयाँ काम थाल्न केही समय पर्खनु उपयुक्त हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– कामले धेरैलाई लाभ पुर्‍याउनेछ । सहयोगीहरूको साथ पाइनेछ । व्यक्तित्व निखारिनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् । व्यापारमा मनग्य फाइदा हुनेछ, आँटेका काम तुरुन्तै सम्पन्न हुनेछन् । भविष्यमा लाभ हुने क्षेत्रमा लगानीको मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार पनि प्राप्त हुने सम्भावना छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ । अघिल्ला कमजोरी सुधार्दै लाभ लिन सकिनेछ । अनावश्यक यात्रा हुन सक्छ भने स्वास्थ्यमा पनि केही समस्या देखिनेछ । उपचारमा खर्च बढ्न सक्छ । तर, परिश्रम गरे राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन्, नयाँ काम थालनीको राम्रो समय छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– धेरै प्रयास गर्दा पनि ठूला उपलब्धि पाउन कठिन हुनेछ । परिवारजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना छ । विश्वास गरेका व्यक्तिहरूबाट धोका पाउन सकिन्छ, सतर्क रहनुहोला । खर्च बढ्ने भएपनि उद्योग र व्यापारबाट फाइदा मिल्नेछ । प्रतिस्पर्धामा जित निकाल्न सकिनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– रमाइलो जमघटमा स्वादिष्ट भोजनको मजा लिन सकिनेछ । अघिल्ला सफलताले नयाँ उत्साह प्रदान गर्नेछ । यद्यपि विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । सानातिना समस्या सताउन सक्छन् । तर, रोकिएका काम बन्ने भएकाले आशा र उत्साह बढ्नेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– नयाँ फाइदाजनक कामको थालनी गर्न अनुकूल समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । भौतिक साधन जुट्ने सम्भावना छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । तथापि, केही कार्यहरू समयमै सम्पन्न नहुन सक्छन्, आत्मविश्वासमा कमी महसुस हुन सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– कृषि क्षेत्रमा कामको चाप बढ्नेछ, चौपायामा समस्या आउन सक्छ । तर, परिश्रम गरे अपेक्षित धन आर्जन गर्न सकिनेछ । रमाइलो यात्राको अवसर जुट्नेछ र कामको चापबाट फुर्सद पाइनेछ । सुख दु:खमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– नयाँ दीर्घकालीन योजना सुरु गर्न अनुकूल समय हो । साझेदारीमा लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । यद्यपि, अरूका काममा समय बित्न सक्छ र मिहिनेतको आवश्यकता हुनेछ । काम पूरा नहुँदा मन खिन्न हुन सक्छ । प्रियजनहरू टाढिन सक्छन् । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– होस नपुग्दा अवसर गुम्न सक्छ । केही दौडधुप गर्नुपर्ने अवस्था आउनेछ । परिश्रम गरे पनि तुरुन्तै फाइदा नहुन सक्छ । सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्न सकिने समय हो । तार्किक क्षमता बलियो हुनेछ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– नयाँ कामको प्रस्ताव आउनेछ, सहयोगीहरूको साथ पाइनेछ । राम्रो आम्दानी हुने सम्भावना छ । व्यवसायमा विशेष फाइदा हुनेछ । इच्छा अनुसार लगानी गर्न सकिनेछ । तर, ईर्ष्या गर्नेहरूले अवरोध गर्न सक्ने भएकाले सजग रहनुहोला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– रोकिएका काम बन्नेछ, नयाँ काम सुरु गर्न सकिने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ । परिवारको साथले काममा उत्साह मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । श्रद्धा, धर्म र परोपकारमा मन जानेछ । यद्यपि, स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– विभिन्न अवसर प्राप्त हुने समय हो । दैनिकीमा सकारात्मक परिवर्तन आउनेछ । तर, स्वास्थ्य समस्याले काममा ढिलासुस्ती हुन सक्छ । सानातिना कामले समय खानेछ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । यात्रा गर्ने योजना बन्न सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया