शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत १८ गते सोमबारको राशिफल

सोमवार , चैत्र १७, २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १८ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र शुक्लपक्ष । तिथि–द्धितीया,१५ घडी ५४ पला, दिउसो १२ बजेर १९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–अश्विनी, २७ घडी ४५ पला, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त भरुणी । योग–वैधृती, २७ घडी ३८ पला, बेलुकी ५ बजेर १ मिनेट उप्रान्त विष्कुम्भ । करण–कौलव, दिउँसो १२ बजेर १९ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ७ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २० मिनेट । दिनमान ३० घडी ५६ पला । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नँया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग छ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यवसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कामको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलैसँग बन्नेछन् । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन्, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिलेपनि मनमा डर रहने छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोगिएर काम गर्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया