शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत १७ गते आइतबारको राशिफल

आइतवार , चैत्र १६, २०८१

आज बि.सं २०८१ चैत १७ गते आइतबार ई.सं २०२५ मार्च ३० नेपाल सम्बत ११४५ चिल्लाथ्व पारू नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५६ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर २० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २९ मिनेट देखि ९ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र नीमको पात खाने दिन र ज्योतिष दिवस रहेको छ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छीपनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैया पैसा कमाइने दिन छ, पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– प्रेम प्रसंग एवम् बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नँया कामको थालनी गर्नुभए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया