शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत १६ गते शनिबारको राशिफल

शनिवार , चैत्र १५, २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १६ गते, शनिबार । ईश्वी सन् २०२५ मार्च २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–औशी, २७ घडी ३८ पला, बेलुकी ५ बजेर ३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराभाद्रपदा, ३५ घडी ५० पला, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त रेवती । योग–ब्रम्ह, ५२ घडी ५८ पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त ऐन्द्र । करण–चतुष्पद, बिहान ६ बजेर १० मिनेट उप्रान्त नाग, बेलुकी ५ बजेर ३ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ४८ पला । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै ब्यापार ब्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नँया काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ, काम गर्नमा खासै मन नजाला । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोग्गिनु होला । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– म तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ, सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया