शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत १५ गते शुक्रबारको राशिफल

शुक्रवार , चैत्र १४, २०८१

आज बि.सं २०८१ चैत्र १५ गते शुक्रबार ई.सं २०२५ मार्च २८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुभ योग, विष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५८ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५८ मिनेट देखि ७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– नँया काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नुभएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नुहोला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, कसैसँग मनमुटाव हुन सक्छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नँया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिष्ठा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यवसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आदीको कामबाट फाइदा हुने देखिन्छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया