शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत १० गते आइतबारको राशिफल

आइतवार , चैत्र ९, २०८१

आज बि.सं २०८१ चैत्र १० गते आइतबार ई.सं २०२५ मार्च २३ नेपाल सम्बत ११४५ चिल्लागा नवमी- २४, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष नवमी, चन्द्रमा धनु राशिमा, पुर्वाषढा नक्षत्र, वारियान योग, तैतिल करण । आज नेपालमा सुर्योदय ०६: ०७ बजे, सूर्यास्त साँझ ०६: १७ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धनजनको पनि बृद्दी हुने देखिन्छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ ।प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्म सम्मानमा चोट पुग्न सक्छ । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– इच्छा शक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनु होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

   

प्रतिक्रिया