शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ चैत ०६ गते बुधबारको राशिफल

मंगलवार , चैत्र ४, २०८१

आज बि.सं २०८१ चैत ०६ बुधबार ई.सं २०२५ मार्च १९ नेपाल सम्बत ११४५ चिल्लागा पंचमी-२०, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, हर्शण योग, कौलव करण । आज नेपालमा सुर्योदय ०६: ११ बजे, सूर्यास्त साँझ ०६: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउँबाट धन आउने दिन छ । आजको दिन तपाइँको आयआर्जन सन्तोषजनक रहनेछ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ, नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यस्तै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश र जांगर आउनाले मन प्रफुल्ल होला, सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायासै रुपैया पैसा पनि क्षति हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । साथै, मनमा पीडाले पनि सताउने छ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ, तर व्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मान सम्मान पनि पाइएला । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन, चौपाया, आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरि तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । सामान्यतया दिन ठीकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धिमा वृद्धि हुनेछ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउँमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– पितृधनको उपयोगबाट विशेष फाइदा होला । केही अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरू बन्ने दिन छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइँका प्रशंसा गर्नेहरू बढ्नेछन्, व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ, साथै धन लाभ पनि हुनेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार मात्र नयाँ काम सुरु गर्नु होला, कतै टाढाको यात्राको संभावना छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केही रुपैया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरीरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला, मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । तपाइँले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरू रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, चिताएको काम पुरा नहुन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया