आजको राशिफल बि.सं २०८१ चैत २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्बत ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १३ बजे, सूर्यास्त साँझ ०६: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ४३ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र आँपको मुजुरा खाने दिन, र गणगौर पूजा प्रारम्भ रहेको छ ।
मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– गो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । काम बिग्रने डर भएपनि मेहनत गर्दा फाइदा नै हुनेछ । थोरै लाभ भएपनि ठूलो आवश्यकता पूरा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ, तर साँझपछि ईर्ष्या गर्नेहरूले फसाउने सम्भावना छ ।
वृष,( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । तर, साँझतिर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।
मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने सहयोगीहरूको राम्रो साथ पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । तर, भेटघाटले काममा बाधा पुर्याउने सम्भावना छ । आँट नगर्दा पछि परिनेछ ।
कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– अवसर आएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागेपनि दिगो फाइदा हुने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् ।
सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– सर सापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । स्वास्थ्य समस्याले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । आर्थिक संकलनमा अवरोध आउन सक्छ, समयको सही सदुपयोग गर्नुहोला ।
कन्या ,( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले पनि ठूलो काम सम्पादन हुनेछ । जटिल कार्य सम्पादन हुनाले पराक्रम र आत्मविश्वास बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्क शक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ ।
तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरी सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका आफन्तसँग पुन: भेटघाट हुनेछ । मनग्य धन आर्जनको अवसर मिल्नेछ । तर, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले केही समस्या उत्पन्न हुन सक्छ ।
वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा परिणत हुनेछ । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा तथा अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर आएपनि अरूको मुख ताक्ने बानीले पछि परिने सम्भावना छ ।
धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन् । सोखले खर्च बढाउने सम्भावना छ भने वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।
मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– आश्वासन बाँड्नेहरूले झुक्याउने सम्भावना छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझतिर कामको चाप कम हुनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ ।
कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने अवसर मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने उचित समय छ ।
मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटबीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना सफल हुन सक्छन् । कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्