आज बि.सं २०८१ फागुन २९ गते बिहिबार ई.सं २०२५ मार्च १३ नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्दशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल चतुर्दशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १५ बजे, सूर्यास्त साँझ ०६: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १५ मिनेट देखि ७ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालको पहाडी जिल्लामा होली मनाईन्दै छ र साथै फागु पुर्णिमा (पुर्णिमा व्रत) पनी रहेको छ ।
मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– पारिवारिक भेटघाटको समय रहेको छ । टाढिएका आफन्तहरूसँग पुन: सम्बन्ध सुधारिनेछ । विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ, जसले तपाईंलाई मान सम्मान दिलाउनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति आकर्षण बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । पहिलेदेखि नै आशा मारेको कुनै महत्वपूर्ण कार्य पूरा हुने संकेत छ, जसले उत्साह बढाउनेछ ।
वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– अध्ययन तथा ज्ञान प्राप्तिमा प्रगति हुनेछ । बुद्धिको सही प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन झन् कसिलो बन्नेछ । अध्ययनमा सुधार आउनेछ भने व्यापार व्यवसायमा लाभ मिल्ने समय रहेको छ । लगानी बढाउन सकिने अवसर आउनेछ । विभिन्न अवसरहरूले पछ्याउनेछन् । हिम्मत र आत्मबलले काम लिनुपर्ने समय रहेको छ ।
मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– आत्मीयजनहरूसँग पुन: भेटघाट हुनेछ । सरसफाइ, वागबगैंचा तथा घर व्यवस्थापनमा विशेष रुचि जाग्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग सम्बन्ध थप प्रगाढ बन्नेछ । पितृधन वा अन्य स्रोतको सही उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको प्रयोगले शत्रुबाट जोगिन सकिनेछ ।
कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– केही महत्वपूर्ण अवसर फुत्कन सक्ने सम्भावना भएकाले सचेत रहनुहोला । कृषि तथा पशुपालनबाट सोचे अनुसारको लाभ नहुन सक्छ, तर व्यापारमा भने राम्रो आम्दानी हुनेछ । आर्थिक अभावको अनुभव हुन सक्छ । व्यवसायमा केही उतारचढाव आउने देखिन्छ । प्रेम र मित्रताको बन्धन अझ बलियो बन्न सक्छ । अस्थायी पेसाबाट राम्रो फाइदा मिल्नेछ ।
सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– ध्यान, मनन तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न महत्वपूर्ण कार्यहरू सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पार गर्दै रोकिएका कार्यहरू अगाडि बढाउन सकिनेछ । धैर्यका साथ अघि बढ्दा सफलता पाइने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू हात लाग्नेछन् । कुटुम्ब तथा नजिकका व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ । रोजगारीका अवसरहरू आउने सम्भावना छ ।
कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– कृषि तथा पशुपालनबाट राम्रो फाइदा उठाउन सकिने समय छ । प्राकृतिक सौन्दर्यमा रमाउने अवसर प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुने देखिन्छ । रोकिएका कार्यहरू पुन: सुरु गर्न सकिनेछ । धन, प्रतिष्ठा र सम्मान प्राप्त गर्ने अवसर आउनेछ । मित्रता तथा प्रेम सम्बन्ध झनै बलियो बन्नेछ ।
तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– लामो यात्राको सम्भावना देखिन्छ । प्रयत्न गरेमा लक्ष्य प्राप्त गर्न सकिनेछ । टाढाको यात्राको योजना अघि बढ्न सक्छ, जसले आर्थिक तथा सामाजिक लाभ दिलाउनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अध्ययन तथा पठन पाठनमा सुधार आउनेछ । आफ्नो प्रतिभा प्रदर्शन गर्न सकिनेछ, जसले धेरैलाई प्रभावित तुल्याउनेछ ।
वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– केही सहयोगीहरूले साथ छोड्न सक्ने सम्भावना भएकाले मानसिक रूपमा तयार रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । छर छिमेकमा असमझदारी बढ्न सक्ने सम्भावना छ, तर समाधान भने अवश्य हुनेछ । परिश्रमको तुलनामा लाभ अलि कम प्राप्त हुन सक्छ । घर खर्च बढ्ने संकेत छ । तपाईंको विचार र अभिव्यक्तिलाई धेरैले मन पराउनेछन् । नाता सम्बन्धहरूमा केही उतारचढाव आउन सक्छ ।
धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– परिपक्व सोचका कारण समझदारी बढ्नेछ । कृषि तथा पशुपालन क्षेत्रमा केही खर्च बढ्न सक्छ । आयआर्जनका अवसरहरू बढ्नेछन् । रोकिएको धन प्राप्त हुन सक्छ । स्वास्थ्यतर्फ विशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या देखा पर्न सक्छ । पुन: प्रयास गरेमा रोकिएका कार्यहरू पूरा हुनेछन् । धेरैको भलाइ हुने कार्यहरू गर्न सकिनेछ । परिश्रमले राम्रो पहिचान दिलाउने समय रहेको छ ।
मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– दीर्घकालीन रूपमा फाइदा हुने कार्यहरूमा हात हाल्ने उपयुक्त समय रहेको छ । तार्किक क्षमता बढ्नेछ । नयाँ सीप तथा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ । धर्म कर्म तथा समाज सेवा प्रति विशेष रुचि जाग्नेछ । कृषि तथा पशुपालनबाट लाभ उठाउन सकिनेछ । रोकिएका कार्यहरू सुचारु हुनेछन् भने विस्तारै नयाँ कार्यहरू पनि सुरु हुनेछन् ।
कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– अवसरहरूले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । धन लाभको योग रहेको छ । वैदेशिक क्षेत्रमा अवसर खोज्नेहरूका लागि अनुकूल समय रहेको छ । आफन्त तथा परिवारजनको सहयोगले विशेष लाभ उठाउन सकिनेछ । नयाँ कामको अवसर आउन सक्छ । रमणीय स्थानहरूको भ्रमण गर्ने मौका जुर्न सक्छ ।
मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– पुरानो समस्याले पुन: झमेला निम्त्याउने सम्भावना छ । दाम्पत्य सम्बन्धमा केही तनाव उत्पन्न हुन सक्छ । खर्च बढ्ने देखिए पनि दीर्घकालीन फाइदा दिने क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको अध्ययन तथा एकाग्रतामा केही कमी आउन सक्छ । पारिवारिक समस्याहरू देखा पर्ने सम्भावना छ, जसका कारण मानसिक तनाव बढ्न सक्छ, सतर्कता अपनाउनुहोला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्