शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन २८ गते बुधबारको राशिफल

बुधवार , फाल्गुण २८, २०८१

आज बि.सं २०८१ फागुन २८ गते बुधबार ई.सं २०२५ मार्च १२ नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १६ बजे, सूर्यास्त साँझ ०६: १० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १६ मिनेट देखि ७ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । मान सम्मान बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ । साना व्यक्तिहरूको सहयोगले ठूलो फाइदा मिल्नेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । जिम्मेवारी भने बढ्न सक्छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– प्रेम र मित्रताको बन्धन कसिनेछ । पढाइमा सुधार आउनेछ । उद्योग तथा व्यापारमा राम्रो लाभ मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । तर, आर्थिक अभावले सताउने सम्भावना छ । विश्वास गरेकाले धोका दिन सक्ने भएकाले सचेत रहनुहोला । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– कृषि तथा पशुपालनमा खासै लाभ नहुने भएपनि व्यापारमा प्रशस्त फाइदा हुने संकेत छ । आर्थिक अभावले अलि सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउनेछ । पेट र छाती सम्बन्धी समस्याले सताउने सम्भावना छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय रहनेछ । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– चुनौतीहरू हटाउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्य राख्नुपर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग पाइनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि राम्रो लाभ हुनेछ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– गरेका कामबाट राम्रो फाइदा मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुन: सुरू गर्न सकिनेछ । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान प्राप्त हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– टाढाको यात्रा गर्ने सम्भावना छ । धन तथा सम्पत्तिको आर्जन हुनेछ । आम्दानीका नयाँ माध्यमहरू फेला पर्नेछन् । यात्राको अवसर मिल्नेछ । रोजगारीमा केही अवरोध आउन सक्छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्याहरू देखा पर्न सक्छन् । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– छर छिमेकमा असमझदारी बढ्न सक्छ, तर समाधान पनि हुने छ । धेरै परिश्रमबाट थोरै लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने संकेत छ । पति पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनमा कमी आउन सक्ने भएकाले विवाद हुन सक्छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– आयआर्जन बढ्नेछ । उठ्नु पर्ने रकम हात लाग्ने सम्भावना छ । पेटको समस्याले सताउने सम्भावना छ, सचेत रहनुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सतर्क रहनु पर्नेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट फाइदा मिल्नेछ । यात्राहरू उपलब्धिमूलक हुनेछन् । काममा उत्साह जाग्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर मिल्नेछ । चिताएको काम बन्ने सम्भावना छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ । नयाँ काम सुरू गर्न सकिनेछ । परिश्रमको उचित मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीका कामहरूमा भने केही समस्या आउन सक्छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– खर्च बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूका लागि पढाइमा कमजोरी देखिने सम्भावना छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर केही व्यक्तिहरूले धोका दिन सक्छन्, सचेत रहनु होला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया