शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

डा. तोसिमा कार्कीको सांसद पद सुरक्षित

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं, २७ फागुन - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्‌वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।

प्रतिक्रिया