शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन २७ गते मंगलबारको राशिफल

मंगलवार , फाल्गुण २७, २०८१

आजको राशिफल बि.सं २०८१ फागुन २७ गते मंगलबार ई.सं २०२५ मार्च ११ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १७ बजे, सूर्यास्त साँझ ०६: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज प्रदोष व्रत रहेको छ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरहरू प्राप्त हुनेछ । नयाँ कामको सुरुवातका लागि समय अनुकूल छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ, टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । सानातिना समस्या आए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । अध्ययनमा सुधार हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ तथा बगैंचा व्यवस्थापनतर्फ आकर्षण बढ्नेछ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– नयाँ काम सुरु गर्न केही समय पर्खनु होला । हाल गरिरहेको कामलाई भने निरन्तरता दिनु राम्रो हुनेछ । पीडा दिनेहरू सक्रिय रहने भएकाले सतर्क रहनु होला । केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनु आवश्यक छ । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– भूमि, सवारी साधन तथा पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा प्रस्तुत गरेर अवसर हात पार्न सकिनेछ । ध्यान, रचना तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न कार्य सम्पादन गर्न सकिनेछ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा जित्न सकिनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालन व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक वातावरणमा रमाउने अवसर प्राप्त हुनेछ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– अरूलाई प्रभावित पारेर काम गराउने सक्ने क्षमता बढ्नेछ । मेहनत गर्दा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– अस्वाभाविक प्रलोभनले अप्ठ्यारो पर्न सक्छ । यसले स्वतन्त्रतामा बाधा पुर्याउने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही कठिनाइ थपिनेछ । खर्च बढ्न सक्छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । योजना बनाएको काम पूरा नहुन सक्छ । समझदारी बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने सम्भावना छ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले पनि ठूलो उपलब्धि प्राप्त गर्न सकिनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुट्नेछ । नयाँ सवारी साधन प्राप्तिको सम्भावना छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– धार्मिक अनुष्ठान तथा मंगलमय कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा प्रशस्त फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । अवसरहरू आउनेछन्, बोलीको प्रभाव बढ्नेछ । धन लाभको सम्भावना छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– निश्चय भइसकेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहनेछन्, त्यसैले सचेत रहनु होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही उतारचढाव आउन सक्छ। गोपनीयतामा ध्यान दिनु आवश्यक छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया