आज बि.सं २०८१ फागुन २६ गते सोमवार ई.सं २०२५ मार्च १० नेपाल सम्बत ११४५ चिल्लाथ्व एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शोभान योग, विष्टि करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १८ बजे, सूर्यास्त साँझ ०६: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १८ मिनेट देखि ७ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज आमलकी एकादशी व्रत रहेको छ ।
मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– आज मनोरञ्जनपूर्ण समय बित्नेछ । कामबाट फुर्सद पाइनेछ र मनमा प्रसन्नता हुनेछ । व्यापार र रोजगारीमा लाभ प्राप्त हुने सम्भावना छ ।
वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– तपाईंको काममा मन पूर्ण रूपले लाग्नेछ र व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक कामकाजमा फाइदा मिल्नेछ र नयाँ कामका स्रोत फेला पर्न सक्दछन् ।
मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– आज पिडा दिनेहरू सक्रिय रहनेछन्, त्यसैले सावधान रहनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्नुहोस्, किनकि धनको नोक्सानीको योग पनि रहेको छ । अनावश्यक समस्यामा नपर्न प्रयास गर्नुहोस् ।
कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– अन्नको काममा लाभ प्राप्त हुने दिन छ । साथै, तपाईंलाई कसैबाट समर्थन मिल्नेछ । रमाइलो तरिकाले काम गर्न सकिनेछ र पशुधन तथा जमिनबाट सामान्य लाभ हुने संभावना छ ।
सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेका स्थानबाट धन लाभ हुनेछ, जसले तपाईंलाई खुशी बनाउनेछ । निर्माण र व्यवहारिक क्षेत्रमा रुचि बढ्नेछ ।
कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– पैसा कमाउने अवसर प्राप्त हुनेछ । लामो यात्राको योजना अघि बढ्नेछ र साथी तथा परिवारबाट सुख र शान्ती प्राप्त हुनेछ । धन र माला कमाउने संभावना पनि छ ।
तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यर्थको खर्चले तपाईंलाई चिन्तित बनाउनेछ । अनावश्यक खर्चले तपाईंको मनमा तनाव ल्याउनेछ र धनको नोक्सानीको संभावना छ । खर्चमा सावधानी अपनाउनुहोस् ।
वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– प्रियजनसँग भेटघाटले तपाईंलाई खुशी दिनेछ । भाग्यले साथ नदिएको भए पनि, खर्च बढ्ने र लेन-देनमा विवाद बढ्नेछ । संयम राखेर काम गर्नु आवश्यक छ ।
धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– बचत गर्ने सम्भावना प्रबल छ । नयाँ कामका योजनाहरू बन्नेछन् र व्यापारमा सफलता मिल्नेछ । यात्रामा जान्ने अवसर पनि मिल्नेछ ।
मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– नयाँ कामका योजनाहरू बन्नेछन् । रमाइलो तरिकाले काम गर्न सकिनेछ र पशुधन तथा जमिनबाट सामान्य लाभ प्राप्त हुने संभावना छ । अधुरो काम पूरा गर्ने योग छ । नोकरि र राजनीति क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– आगो र मेसिनरी सामग्रीबाट बच्नुपर्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्नेछन् । परिश्रमले आर्थिक क्षेत्रमा प्रगति र काममा रुचि बढ्नेछ ।
मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– मान सम्मान मिल्नेछ, तर मनमा डर पनि रहनेछ । स्वास्थ्यको दृष्टिले यो समय राम्रो छ । आर्थिक लाभ हुनेछ र व्यापारमा सफलता प्राप्त हुनेछ । यात्रामा रमाइलो गर्ने र भेटघाटमा सहयोग प्राप्त हुने संभावना छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्