शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन २५ गते आईतवारको राशिफल

आइतवार , फाल्गुण २५, २०८१

आज बि.सं २०८१ फागुन २५ गते आईतवार ई.सं २०२५ मार्च ०९ नेपाल सम्बत ११४५ चिल्लाथ्व दशमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल दशमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १९ बजे, सूर्यास्त साँझ ०६: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर १६ मिनेट देखि १० बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– धन कमाउने राम्रो अवसर मिल्नेछ । पशुधनबाट लाभ प्राप्त हुने सम्भावना छ । काम सफल भई सुखको अनुभव हुनेछ । दिन रमाइलो बित्नेछ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– गरेका कामबाट राम्रो परिणाम प्राप्त हुनेछ । नोकरीका लागि दिन सामान्य रहनेछ । विभिन्न किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– काममा अवरोध आउने सम्भावना छ । अनावश्यक झमेलामा पर्न सकिन्छ, सतर्क रहनुहोस् । आज केही हानि हुन सक्छ, निर्णय लिँदा विशेष ध्यान दिनुहोला । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– तपाईंको विचार र कार्यशैलीले धेरैलाई आकर्षित गर्नेछ । धन आर्जनको राम्रो अवसर मिल्नेछ । परोपकारी कार्यमा रुचि बढ्नेछ । आर्थिक पक्ष सुदृढ हुनेछ । सिंह, ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– अनौठो तरिकाले कमाई हुने योग छ, जसले मन खुशी बनाउनेछ । टाढाको यात्रा लाभदायक हुनेछ । राम्रो आम्दानी हुने भएकाले सुखद अनुभव हुनेछ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– टाढाको यात्रा गर्ने योजना भए केही समयका लागि स्थगित गर्नु राम्रो हुनेछ । दिन सामान्य रहनेछ, केही लाभका साथ केही हानि पनि सम्भावित छ । अचानक धन प्राप्ति हुने सम्भावना छ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मेहनतअनुसार उपलब्धि नपाइने समय छ । आर्थिक खर्च बढ्नेछ, अनावश्यक खर्चले तनाव दिन सक्छ । नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, ध्यान दिनुहोला । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्रा गर्नुपर्ने हुन सक्छ । तर, आफन्तजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ । सुखद अनुभूति हुने दिन छ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– परोपकारी कार्यमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी महसुस हुन सक्छ । आम्दानी राम्रो हुनेछ, खर्चभन्दा बढी कमाइ हुने देखिन्छ । शिक्षामा पनि प्रगति हुनेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– दु:खमा साथ दिने साथीभाइ भेटिनेछन् । आर्थिक रूपमा फाइदा मिल्नेछ । विपरित लिङ्गीको साथ र हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– बिहानको समय फलदायी रहनेछ, तर बेलुकी सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । कानुनी वा विवादास्पद विषयमा समस्या आउन सक्छ, सतर्क रहनुहोला । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– पेशागत क्षेत्रमा समस्या देखिन सक्छ । दिन मिश्रित रहनेछ, केही सुखद त केही चुनौतीपूर्ण स्थिति सामना गर्नुपर्ला । नोकरीमा झमेला र तनावको सम्भावना छ, सचेत रहनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया